२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

त्रिकोणात्मक टी–२० क्रिकेट

फाइनल  खेल आज    : "   उपाधिका लागि  नेपाल र यूएई भिड्दै "

खेल कीर्तिपुर मैदानमा 

शुक्रवार , कार्तिक १०, २०८०

 

काठमाडौँ, कात्तिक । काठमाडौँमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै छन् । 

काठमाडौँको मूलपानी मैदानमा हुँदै आएको लिग चरणका खेलबाट शीर्ष दुईमा रहँदै नेपाल र यूएईले उपाधि भिडन्त गर्न लागेका हुन् ।

तेस्रो टिम हङकङ पुछारमा रहेपछि शीर्ष दुई टिम नेपाल र यूएईले फाइनल खेल्न लागेका हुन् ।  आजको फाइनल त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा हुँदैछ । खेल बिहान ११ बजेदेखि हुँदैछ । 

नेपाल यही श्रृंखलामै यूएईमाथि लगातार तेस्रो जितसहित उपाधि जित्ने लक्षमा रहेको छ ।  नेपालले दुवै टिमसँगका चार खेल जितेर अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो । 

यूएईले भने हङकङसँग बराबरी गरेको भए पनि रनरेटमा अगाडि रहेसँगै फाइनलमा पुगेको हो ।  यसअघिको खेलमा यूएईले हङकङलाई हराएको थियो भने बुधबार भएको अन्तिम खेलमा हङकङले यूएईलाई ६९ रनले हरायो । 

फराकिलो जित हासिल गरेर यूएईसँग समान २ अंक जोडेको भए पनि रनरेटमा हङकङ पछाडि परेको हो ।  लिग चरणमा नेपालले यूएईलाई ५ विकेटले र ७ विकेटले हराएको थियो भने हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो । 

टी–२० विश्वकप छनोटको तयारीका लागि यो श्रृंखला भइरहेको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार