२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

महानपर्व बडादशैँ पर्व

टीकाको चौथो दिन : 'नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी '

शुक्रवार , कार्तिक १०, २०८०

काठमाडौँ, कात्तिक । बडादशैँको बिजयादशमी टिका पर्व । आज टीकाको चौथो दिन । हिन्दुधर्माबलम्वीहरुले  नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी छ । 

आज आश्विन शुक्ल त्रयोदशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको गरिन्छ ।

 घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजया दशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमामा अखिलबलिपूर्तिका दिनसम्म जारी रहन्छ । 

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन छ । घरमा आएका नातेदारलाई कोजाग्रत पूर्णिमाकै दिनसम्म यो क्रमले निरन्तरता पाउने गरेको छ ।

मङ्गलवार मुख्य दिन विजयादशमीमा टीका लगाउन नभ्याउनेहरूले एकादशीदेखि पूर्णिमासम्मै मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार