२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाललाई जीतका लागि १६५ रनको लक्ष्य

सोमवार , कार्तिक ६, २०८०

काठमाडौँ, कात्तिक। यहाँ जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जीतका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनायो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए ।

त्यस्तै आसिफ खानले १८ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई/दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार