२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल यू - एसिया कपका लागि छनोट

शनिवार , कार्तिक ४, २०८०

 

काठमाडौँ, कात्तिक । १९ वर्षमुनीको एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । शनिबार मलेसियाको बायोमास ओभलमा भएको यू- १९ प्रिमियर कपको सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस नियम अनुसार १४४ रनले पराजित गर्दै नेपालले यू- १९ एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

मलेसियाको बायोमास ओभलमा भएको खेल वर्षाले प्रभावित भएको थियो । जापानले जितका लागि १८३ रनको लक्ष्य पाएको थियो । लक्ष्य पछ्याउने क्रममा जापान ११.३ ओभरमा ४३ रन मात्रै बनाएर अलआउट भएको थियो ।

जापानका लागि सानतारो रिातसुकाले १५ र केइफर यामामोतोले १३ रन बनाए । नेपालका लागि हेमन्त धमी र दिपेश कँडेलले समान तीन विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले २५ ओभरमा दुई विकेट गुमाएर १४० रन बनाएको थियो । नेपालले २५ ओभर ब्याटिङ गरेको अवस्थामा खेल वर्षाले प्रभावित भएको थियो ।

नेपालका लागि दिपक बोहराले ७९ बलमा १० चौका र दुई छक्कासहित ७९ रन बनाए । यस्तै आकाश त्रिपाठीले नटआउट ३५ रन बनाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार