२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 फिफा  विश्वकप फुटबल  : ' नेपाल दोस्रो चरणमा प्रवेश '

मंगलवार , आश्विन ३०, २०८०


काठमाडौँ, असोज । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै  फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । 
 
लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले लाओसलाई १–० गोल अन्तरले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । 

नेपालको जीतमा मनिष डाँगीले निर्णायक गोल गरे । उनले खेलको ५३ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । मनिषले अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । 

नेपालमा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए । नेपालले अब विश्वकपको दोस्रो चरणअन्तर्गत समूह एचमा रहेका युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार