२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

२५३ नेपाली लिएर इजरायलबाट उड्यो जहाज  :   " राती १ः३० बजे आईपुग्दै "

बिहिवार , आश्विन २५, २०८०

 

काठमाडौँ, असोज । इजरायलमा रहेका २५३ नेपाली नागरिक लिएर नेपाल एयरलाइन्सको विमान उडेको छ । विद्यार्थीसहित परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी सवार विमान स्थानीय समय अनुसार २ बजेर ३२ मिनेट (नेपाली समय ५ बजेर १७ मिनेट) मा उडान भरेको हो ।

उद्धारका लागि बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

सरकारले स्वेदश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो । 

तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरु उक्त विमानबाट नेपाल फर्किंदैछन् ।

यो पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि आउँदैछन् । यीमध्ये धनबहादुर चौधरी आक्रमणबाट घाइते भएका व्यक्ति हुन् । 

उपचारकै क्रममा रहेका उनलाई ट्राभल गर्न सक्ने चिकित्सकहरूले बताएपछि उनी स्वदेश नै आउन लागेका हुन् ।

आक्रमणमा परी घाइते भएका प्रविन डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् । 

१७ जनाको समूहमा भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । शव ल्याउने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार