२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 इजरेलमाथि  आतंककारी हमला

 फसेका थप ७५ नेपालीलाई सुरक्षित स्थानमा सारियो : " फर्कन चाहने  ३५० पुगे "

घाइते भएका चारै जनाको स्वास्थ्यमा क्रमशः सुधार

बुधवार , आश्विन २४, २०८०

 

काठमाडौँ, असोज । इजरेल- गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा रहेका सबै ५५  नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । इजरेलको उत्तरी सिमाना आसपासको क्षेत्रमा उद्धारको प्रतीक्षामा रहेका थप ७२ जनालाई पनि सुरक्षित ठाउँमा सारिएको तेलअबिबस्थित नेपाली राजदूतावासले जनाएको छ । 

उक्त दूतावासका अनुसार शनिबारको आक्रमणमा घाइते भएका चारै जनाको स्वास्थ्यमा क्रमशः सुधार आएको छ तथा हराइरहेका एक नेपालीको प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा खोजी भइरहेको जनाइएको छ ।  

नेपाल फर्कन चाहने  ३५० जनाभन्दा बढी नेपालीले आफ्नो नाम दूतावासमा दर्ता गराएका छन् । उनीहरूको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया प्रारम्भ गरिसकेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार