२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

इजरायलमाथि आतंकबादी आक्रमण

हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार : "  सुरक्षित स्थानतर्फ लगियो "

सोमवार , आश्विन २२, २०८०

काठमाडौँ, असोज । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ ।  इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो ।

उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । 

उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए । 'बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छु रिजालले कान्तिपुरसँग भने,'अलग अलग क्याम्पबाट उद्धार गरिएको हो ।'

 अब सुरक्षित स्थानतर्फ लागेकाले ढुक्क हुने अवस्था रहेको उनले बताए । 

उद्धार गरिएका अर्का एक विद्यार्थी नितिन भण्डारीका अनुसार १३ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको छ । 'अहिले हामी २ वटा फार्ममा रहेका १३ जना साथीहरुलाई यहाँ ल्याएको छ,  उनले भने,'अरु साथीहरु आउने क्रममा छन् ।'

अहिले आफूहरु सुरक्षित रहेको उनले बताए । 'हामीहरु सुरक्षित छौं साथीहरुसँग बसेर कुराकानी गरिरहेका छौुं उनले भने,'हामी सबैलाई भेला गरेर तेलअभिभ लैजाने तयारी छ ।'

students-in-israel-09102023023444-1000x0.jpg
undefined

साभार : कान्तीपुर

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार