२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एसियाली खेलकुद

 ११ सय पदकको छिनोफानो : ' चीन अग्रस्थानमा, एक्लैले जित्यो तीनसय'

बुधवार , आश्विन १७, २०८०

 

काठमाडौं, असोज ।  विश्वको सबैभन्दा ठूलो बहुखेल प्रतियोगिताहरूमध्ये एक १९औँ एसियाली खेलकुद प्रतियोगिता चीनको हाङ्झाउमा जारी छ । 

सन् २०२२ मा हुने भनिए पनि कोभिड(१९ महामारीका कारण अहिले भइरहेको एसियाली खेलकुदका ४८१ विधामा भाग लिन एसियाभरका हजारौँ खेलाडीहरू चीनमा भेला भएका छन् । जसमध्ये एसियाडमा एक हजार ९२ पदकको छिनोफानो भइसकेको छ ।

बुधबार बिहानसम्ममा एक हजार ९२ पदक विभिन्न राष्ट्रहरूले हात पारेका छन् । जसमध्ये यस वर्ष पनि चीनले पहिलो स्थान कायमै गरेको छ । 

पछिल्लो पदक तालिका अनुसार आयोजक चीन एकलैले २९७ पदक जितेको छ । चीनले १६१ स्वर्ण ९० रजत र ४६ कास्य पदकसहित २९७ वटा पदक हात पारेको हो ।  

दोस्रो स्थानमा रहेको जापानले ३३ स्वर्ण, ४७ रजत र ५० वटा कास्य पदक जितेर कुल १३० पदक पाएको छ । पदक तालिकाको तोस्रो स्थानमा दक्षिण कोरिया छ ।  

दक्षिण कोरियाले ३२ स्वर्ण, ४७ रजत र ५० वटा कास्य पदक जितेको छ । दक्षिण कोरियाले हालसम्म १३९ पदक जितेको छ।  

भारत चौथो स्थानमा छ । १५ स्वर्ण, २६ वटा रजत र २८ वटा कास्य पदक गरि कुल ६९ पदक प्राप्त गरेको छ । सूचीको पाँचौँ स्थानमा उज्बेकिस्तान छ । उज्बेकिस्तानले १४ स्वर्ण, १५ रजत र २१ कास्य गरि ५० पदकमा कब्जा जमाएको छ । 

छैटौँ स्थानमा रहेको चाइनिज ताइपेले १२ स्वर्ण, १० रजत र १८ कास्य गरि कुल ४० पदक जितेको छ ।  थाइल्यान्ड सूचीको सातौँमा स्थानमा छ । १० स्वर्ण, ११ रजत र १९ कास्य गरि ४० पदक हात पारेको छ । 

आठौँ स्थानमा रहेको उत्तर कोरियाले ७ स्वर्ण १० रजत र ६ कास्य गरि कुल २२ पदक हात पारेको छ ।  दसौँ स्थानमा रहेको बहराइ एक स्थान उक्लिएको छ । 

बहराइनले ७ स्वर्ण, १ रजत र ४ कास्य हात पारेको छ । दसौँ स्थानमा हङकङ छ । हङकङले ६ स्वर्ण, १५ रजत र २३ कास्यसहित कुल ४५ पदक जितेको छ । 

इरान, इन्डोनेसिया, काजकिस्तान, सिंगापुर, मलेसिया, कतारले तीन भन्दा माथि स्वर्ण जितेका छन् भने भेतनाम, साउदी अरब, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स, ताजकिस्तान,मकाउ चाइना र किर्गिस्तानले एक( एक स्वरण हात पारेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार