२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 १९औँ एसियाली खेलकुद  

कुन मुलुकले कति स्वर्ण जिते ?  : '  ७६ चीनको पोल्टामा, भारत सातौँ स्थानमा '

हालसम्म नेपाल पदक विहीन, नेपालले टी - २० क्रिकेटमा भने इतिहासकै धेरै रन बनाएर रेकर्ड

बिहिवार , आश्विन ११, २०८०

 

काठमाडौं, असोज ।  एसियाडमा बिहीबार बिहानसम्म आयोजक राष्ट्र चीन पहिलो स्थान कायम राख्न सफल छ । चीनको हाङ्जाउमा एसियाली खेलकुद जारी छ । 

हालसम्म १४० वटा पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । पछिल्लो पदक तालिका अनुसार चीनले ७६ स्वर्ण ४३ रजत र २१ कास्य पदकसहित १४० वटा पदक हात पारेको छ ।

पदक तालिकामा दोस्रो स्थानमा रहेको  दक्षिण कोरियाले १९ स्वर्ण, १८ रजत र ३३ वटा कास्य पदक जितेको छ । दक्षिण कोरियाले हालसम्म ७० पदक जितेको छ। 

दक्षिण कोरियालाई पछ्याउँदै जापानले १५ स्वर्ण, २७ रजत र २४ वटा कास्य पदक जितेर कुल ६६ पदक पाएको छ । जापानले आफ्नो तेस्रो स्थान सुरक्षित गरेको छ । खेल सुरु देखि नै जापान तेस्रो स्थानमा रहँदै आएको थियो । 

उज्वेकिस्तानले ६ स्वर्ण, १० रजत र १२ कास्य गरि २८ पदक हात पारेको छ । उज्वेकिस्तान सूचीको चौथो स्थानमा छ । 

यसअघि नवौँ स्थानमा रहेको थाइल्यान्ड पदक जित्दै पाँचौँ स्थानमा आइपुगेको छ । ६ स्वर्ण, ३ रजत र ८ कास्य गरि १७ पदकसहित पदक तालिकामा पाँचौँ स्थानमा रहेको छ । 

हङकङ ५ स्वर्ण, ८ रजत र १४ कास्यसहित पदक तालिकामा छैटौँ स्थानमा रहेको छ । हङकङले कुल २७ पदक जितेको छ । 

छैटौँ स्थानमा रहेको भारत भने एक तह खस्केको छ । सुटिङ र क्रिकेटसहित ५ स्वर्ण पदक हासिल गरेको भारतले ७ वटा रजत र १० वटा कास्य पदक प्राप्त गरेर सातौँ स्थानमा आफूलाई समेटेको छ ।

३ स्वर्ण, २ रजत र ७ कास्यका साथ इन्डोनेसिया आठौँ स्थानमा रहेको छ । त्यस्तै २ स्वर्ण र ३ रजत र ४ कास्यका साथ सिंगापुर नवौँ र २ स्वर्ण ३ रजत र ४ कास्यका साथ चाइनिज ताइपे दसौँ स्थानमा छ । 

खेलमा इरान, काजकीस्तान, मलेसिया, संयुक्त अरब, काजकिस्तान, किर्गिस्तान, मकाउ चाइना र कुवेतले एक(एक स्वर्ण पदक पाएका छन् । 

खेलमा नेपालले भने खाता खोल्न सकेको छैन । सहभागिता मात्र जनाएको छ । हिजो भएको पुरुष क्रिकेट खेलमा मङ्गोलियालाई हराउँदै नेपालले केही कीर्तिमान बनाएको छ । नेपालले टी - २० क्रिकेटमा इतिहासकै धेरै रन बनाएर रेकर्ड रचेको छ । मङ्गोलियाविरुद्ध ३१४ रनको विशाल रन बनाएर टी( २० मा धेरै रनको रेकर्ड बनाएको हो । 

नेपालले टी-२० इतिहासकै अहिलेसम्मकै ठूलो जित निकालेर विश्व कीर्तिमान बनाएको हो। मङ्गोलियालाई नेपालले २७३ रनले पराजित गरेको छ । योसँगै नेपालले अर्को विश्व कीर्तिमान बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार