काठमाडौँ, असोज । शनिबारदेखि साताब्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका राष्ट्रपति सी चिनफिङसँग कृषिमा आधारित उद्योगको विषयमा छलफल भएको बताएका छन् ।
उनले सो कुरा बेइजिङस्थित नेपाली दूतावासमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
चिनियाँ राष्ट्रपति सीसँग भएको छलफलको विषयमा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले भने, नेपालको विकासका लागि कृषिमा आधारित उद्योगहरुको महत्व बढिरहेको छ ।
'उनले छलफलका बिषयमा जानकारी दिदै भने, 'नेपालको विकासका लागि कृषिमा आधारित उद्योगहरुको महत्व बढी छ ।'
प्रधानमन्त्री दाहालले भने, 'दुई देशबीचको वार्तापछि विश्वासको राम्रो वातावरण तयार भएको छ,' 'हामीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र विदेशमन्त्रीसहितको टोलीसँग सामूहिक रुपमा छलफल गर्यौं ।'
प्रधानमन्त्री दाहालले शनिबार हाङचाउ सहरमा चिनियाँ राष्ट्रपति सीसँग एक्लै र सामूहिक रुपमा छलफल गरेका थिए । यस क्रममा रेल, हवाई यातायाता र बाटोघाटो, पर्यटन, शिक्षा र स्वास्थ्यको विषयमा पनि छलफल भएको दाहालले बताएका थिए ।
'आर्थिक सहयोगको दायरा वृद्धि गर्ने कुराकानी भएको छ । आपसी हितका विषय अघि बढाउने कुरा भएको छ,' उनले भने ।
प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो र राजनीतिक नेतृत्वको हिसाबले पाँचौं पटक बेइजिङ आएको स्मरण गर्दै दाहालले भने, 'पहिले भ्रमणमा बेइजिङ ओलम्पिकको समापन समारोहको संयोग परेको थियो भने अहिले एसियन खेलको उद्घाटन समारोह पर्यो ।'
अमेरिकामा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर चीन प्रस्थान गरेका प्रधानमन्त्री दाहाल शुक्रबार स्वदेश फर्कने छन् ।