२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रचण्ड - चिनियाँ राष्ट्रपति सी भेटवार्ता

चिनियाँ राष्ट्रपति सीले भने : "नेपाल- चीन विकास रणनीति जोड्न चाहेका छौं "

शनिवार , आश्विन ६, २०८०

काठमाडौँ, असोज ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँगको द्विपक्षीय सम्बन्धमा निरन्तर प्रगतिका लागि विकासको रणनीतिमा जोड्न चाहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनको हाङचउमा शनिबार भएको द्विपक्षीय वार्तामा चिनियाँ राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई चीनले अति महत्व दिएको बताए ।

सीले चीन-नेपालको सम्बन्धलाई अति महत्व दिएको जोड दिनुभयो र द्विपक्षीय सम्बन्धमा निरन्तर नयाँ प्रगति प्रवर्द्धन गर्न विकासको रणनीतिमा जोड्ने कार्यलाई सशक्त बनाउन चाहेको बताउनु भएको छ,' भेटपछि नेपालका लागि चिनियाँ राजदूत छन सोङले एक्समा लेखेका छन् ।

एक साता लामो चीन भ्रमण रहेका प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच शनिबार हाङचउमा भेट भएको थियो । दाहाल १९ औं खेलकुदमा सहभागी हुन शनिबार हाङचउ पुगेका छन् ।'  चिनियाँ राष्ट्रपति सीले श्रृंखलाबद्ध अघि सारेको अवधारणा तथा पहलकदमीलाई समर्थन गर्ने बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय व्यवस्थालाई थप न्यायोचित र उचित दिशामा विकासलाई प्रवर्द्धन गर्न, विकासशील राष्ट्रहरुको साझा स्वार्थको संरक्षण गर्न र मानव जातिको साझा भविष्यको समुदाय विकास गर्नका लागि चीनसँग काम गर्न चाहेको बताएका छन् ।

साभार : कान्तीपुर 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार