२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अमेरिकी स्पेसएक्स ड्रागन अन्तरिक्षयान

नासाका अन्तरिक्ष यात्री   :  "  छ महिनापछि पृथ्वीमा सुरक्षित अवतरण "

मंगलवार , भाद्र १९, २०८०

 

काठमाडौं, भदौ । अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले स्पेसएक्स ड्रागन अन्तरिक्षयानमा सवार आफ्नो स्पेसएक्स क्रू-६ का अन्तरिक्ष यात्रीहरु सोमबार बिहानै दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटीय क्षेत्रमा सुरक्षित अवतरण गरेको जनाएको छ ।

नासाका अन्तरिक्ष यात्री स्टेफन बोवेन र वुडी होबर्ग, संयुक्त अरब इमिरेट्स (यूएई) का अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रूसको राष्ट्रिय अन्तरिक्ष निगमका अन्तरिक्ष यात्री आन्द्रे फेद्याएभसहित चार सदस्यीय अन्तर्राष्ट्रिय चालक दल फ्लोरिडाको तटमा सोमबार राति १२ : १७ बजे प्यारासुटको सहयोगमा पृथ्वीमा सकुशल अवतरण गरेको हो । 

अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट ग्रीनविच समय अनुसार आइतबार ११ : ०५ मा छुटेको थियो ।
 मार्च २ मा फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको यो मिसन अर्को दिन आईएसएसमा जोडिएको थियो ।
चालक दलका सदस्यहरू छ महिनादेखि आईएसएसमा बसेर काम गरिरहेका थिए ।

नासाका अनुसार मिसनको क्रममा चालक दलले पृथ्वीको तल्लो कक्षभन्दा बाहिर अन्वेषणका लागि तयारी गर्न र पृथ्वीमा जीवनलाई फाइदा पुर्‍याउन सयौं प्रयोग र प्रविधि प्रदर्शनहरूमा योगदान पुर्‍याएका थिए । 
स्रोत : विभिन्न एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार