२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चिनियाँ कम्युनिष्ट पार्टी स्कुलमा एमाले नेताहरु

चिनियाँ बिश्लेषकको खुलासा : "  नेपाली कम्युनिष्ट विश्वासिला त छैनन् !  तैपनि .... "

एमालेका करिव  एकलाख नेता तथा कार्यकर्तालाइ चीनको प्रशिक्षण 

मंगलवार , भाद्र १९, २०८०

 

  • चिनियाँ कम्युनिष्ट पार्टी स्कुलमा एमाले नेताहरु
  • चिनियाँ बिश्लेषकको खुलासा : "  नेपाली कम्युनिष्ट विश्वासिला छैनन् !  तैपनि .... "
  • एमालेका करिव  एकलाख नेता तथा कार्यकर्तालाइ चीनको प्रशिक्षण 

 

काठमाडौँ, भदौ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली कम्युनिष्ट विचार आदान प्रदानमा सहभागी भएको छ।

टोली सोमबार जनवादी गणतन्त्र चीनको मुख्य सहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा  पुगेका थिए । उनीहरुले त्यहाँ आयोजित विचार आदन प्रदान कार्यक्रममा सहभागी हुनुका साथै स्कुलको अवलोकनका साथै प्रशिक्षण समेत लिएका छन । 

कार्यक्रममा सहभागी हुँदै महासचिव पोखरेलले नेकपा एमाले जनताको बहुदलीय जनवाद (जबज) को सम्मान गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित नेपाली कम्युनिष्ट आन्दोलनको अगुवाइ गरिरहेको बताएका थिए । 

स्रोतका अनुसार चीनले नेपालका करिव एक लाख कम्युनिष्ट नेता तथा कार्यकर्तालाई  पटक पटक चीनको भ्रमण तथा  कम्युनिष्ट बिचारधारा सम्बन्धी प्रहिक्षण दिएको जनाइएको छ ।  

त्यसै कार्यक्रममा पोखरेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उक्त लक्ष्य पूरा गर्दै समाजवादको आधार तयार गरिने जनाएका थिए । 

कार्यक्रममा चिनियाँ आधुनिकरणमा छोङछिङको अभ्यासको बारेमा प्रो सुन लिङ उले र प्रोसेसर दा सिउ लाईओईले ‘नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवाद सि बिचारधारा’ विषयमा प्रस्तुति गरेका थिए । 

कम्युनिष्ट बिश्लेषक तथा चीनसम्बन्धी जानकारको भनाईमा भने, नेपालका कम्युनिष्ट  विश्वासिला चाहिँ छैनन्, तापनि सम्बन्ध देखाउन भने भर पर्नैपर्ने गरेको  बताएका जनाउँछन । 
तत्कालीन ओली नेतृत्व सरकार रहँदा यिनीहरुका गतिविधि र कामका बिषयलाई लिएर चिनियाँले एमाले अध्यक्ष ओलीलाई घरमै गएर तर्साएको  स्रोत बताउँछ ।

टोलीमा एमालेका स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू ज्वाला कुमारी  शाह, राम राना, टुकादेवी हमाल, सहदेव देवकोटा, रचना खड्का, नीरज आचार्य, मन्जु गुरुङ, अजयकुमार गुप्ता, मानवीर राईलगायत छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार