काठमाडौं, साउन । डेंगी भाइरसको संक्रमण यही अनुपातमा बढ्दै गए भदौ र असोजमा जोखिम उच्च हुने स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हालसम्म देशभर दश हजार ७२६ जनालाई डेंगी संक्रमण देखिएको छ । संक्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ ।
महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले सञ्चारकर्मीसँग भने, लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगी संक्रमण बढिरहेको हो ।
उनले थपे, यो भदौ र असोज महिना डेंगीको उच्च जोखिम हुने समय हो, अहिले त्यही अवसथा छ । उनले थपे, अघिल्लो बर्ष ५४ हजार ७८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो ।