२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राजधानी उपत्यका

तारै तारले जेलिएको राजधानी  : "  ब्यवस्थापन हुन नसक्दा सहर नै कुरूप "

सर्ट भई आगलागी हुने घटनाले स्थानीय त्रसित 

बुधवार , श्रावण १७, २०८०

 

काठमाडौँ, साउन । राजधानी सहर काठमाडौँका सडकमाथिका दायाँ बायाँ भागमा तारैतारले जेलिएको दृश्य जताततै देखिन्छ ।  जेलिएका तारमा विद्युत् सर्ट भई आगलागी हुने घटना बेला बेलामा भइहेका हुन्छन् । 

तार व्यवस्थित गर्न प्रयास नभएका पनि होइनन् तर यसले सार्थक रूप लिन नसक्दा राजधानी सहर कुरूप भएको महानगरवासीको गुनासो छ ।

बिजुली, टेलिफोन, केबल नेटवर्क, इन्टरनेटलगायतका तार विद्युत्को पोलमाथिबाट लगिएको छ । 

यसरी जेलिएको तारलाई व्यवस्थित गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विद्युत् प्राधिकरण, काठमाडौँ महानगर जस्ता निकाय लागि परे पनि यसले सार्थक रूप लिन सकेको छैन ।

महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकार तार व्यवस्थापनका लागि पटकपटक प्रयास गरे पनि सफल हुन नसकेको स्वीकार गछर्र्नुन । 

पहिले मन्दिरै मन्दिरको सहरका नामले विश्वमा विख्यात भएको काठमाडौँ तारैतारले कुरूप भयो भनी प्रचार होला भन्ने चिन्ता लाग्न थालेको उनले सुनाए । 

महानगरसभा र कार्यपालिकाको बैठकमा सदस्यले यसलाई व्यवस्थापनका लागि पटकपटक आवाज उठाउने गरेका छन् । 

तार व्यवस्थापनले सार्थक रूप भने पाउन सकेको छैन । प्राधिकरणले विद्युत् पोल भाडाको विषय बेलाबेलामा उठाउने गरेको छ । 

धेरै निकाय जोडिने तार व्यवस्थापनको काम समन्वयात्मक रूपमा अघि नबढाउँदा समस्या समाधानमा समय लागेको असन निवासी राजेन्द्र बज्राचार्य बताउँछन ।  

कार्यालय र पदाधिकारी विशेषले चाहेरमात्र समाधान नहुने समस्या भएकाले समन्वयात्मकरूपमा काम गरिनुपर्ने उनको भनाइ छ । 

तार व्यवस्थापनको काम सुरु भएका स्थानमा राम्रो देखिन थाले पनि पूरा हुन सकेको छैन । काम पूरा नहुनुमा सरोकार भएका निकायका बीच समन्वय हुन नसक्नु मुख्य कारण रहेको जनाइएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार