२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सौरमास

साउनको सोमबार : 'देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड'

बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन

सोमवार , श्रावण १, २०८०

काठमाडौं, साउन । सौरमास अनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।  साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो ।

बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।;उहाँका अनुसार पशुपतिनाथ मन्दिरमा विशेषगरी साउनको सोमबारको व्रत बसेका महिला भक्तजनको उपस्थिति बाक्लो छ ।

हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनले पशुपति क्षेत्र ढाकेका देखिन्छन् । विभिन्न धार्मिक समूहले साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क भोजन, तथा पानी वितरण गरिरहेका छन् ।

पशुपति क्षेत्रमा सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत उचित व्यवस्था गरिएको कोषले जनाएको छ । “जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् ।

सोही ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाएका छौँ”, पराजुलीले भन्नुभयो । उहाँका अनुसार प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद, सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिएका छन् । महाशिवरात्रि र तीज पर्वमा जस्तै दर्शन तथा सुरक्षाको व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

साउनको सोमबार रू सात हजार पाँच सयभन्दा कमको विशेष पूजा गराइएको छैन भने वासुकीनाथको मन्दिरमा रू तीन हजार एक सयभन्दा कमको विशेष पूजा गराइएको छैन”, पराजुलीले भन्नुभयो । दुवै मन्दिरमा एक सय ८१ देखि दुई सय ५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

आज पशुपतिनाथ मन्दिरमा पूर्वउपसभामुख चित्रलेखा यादव, नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवर, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उहाँकी पत्नी गायत्री नेपाललगायतले पशुपतिनाथ मन्दिरमा दर्शन गरिसक्नुभएको कोषले जनाएको छ । यसैगरी भारतका लोक सेवा मन्त्री देवेन्द्रसिंह भोलेशले पनि आज पशुपतिनाथ मन्दिरमा पूजा, आराधना गर्नुभएको छ ।

 साउन २ गतेदेखि अधिकमास लाग्ने भएकाले अर्को सोमबार व्रत गर्नु हुने वा नहुनेमा धर्मशास्त्रीबीच मतान्तर देखिएको छ । कति भक्तजनले भने चान्द्रमासअनुसारको पहिलो सोमबार अर्थात् गत सोमबारदेखि नै व्रत सुरु गरेका छन् ।

सौरमासअनुसार यो वर्षको साउनमा पाँच वटा सोमबार परेको छ ।यसैगरी राजधानीका गोकर्णेश्वर, वाणेश्वर, नागेश्वर, डोलेश्वरलगायत देशभरमा शिवालयमा भक्तजनको भीड लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार