काठमाडौं, असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै छन्। नेपालमा रहँदा लूले उच्च राजनीतिक भेटवार्ता गर्ने छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने बताइएको छ । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार उनले अमेरिकी चेम्बर अफ कमर्सका पदाधिकारीसँग पनि छुट्टै छलफल गर्नेछन् । उनको भ्रमण मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको कार्यान्वयनमा केन्द्रित हुने छ । यसअघि २०७९ साउन १२ मा नेपाल आएका थिए ।
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने सरकारले निर्णय गरेको एक महिनापछि उनी नेपाल आएका थिए । उनी एमसीसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि ७८ को मङ्सिर १ मा पनि नेपाल आएका थिए ।
उनको भ्रमणसँगै नेपालले एमसीसी सम्झौता अनुमोदन गरेको थियो । उनको यो भ्रमणलाई राजनीतिक रुपमा पनि हेरिएको छ ।
- हाम्राकुरा डटकम