२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेटोमा आबद्ध ३१ राष्ट्र

रुसविरुद्ध कस्तो अभियान चाल्नसक्छ  : ' नेटो के हो ?'

नेटो देशहरूले कसरी युक्रेनलाई सहयोग गरिरहेका छन्?

बिहिवार , आषाढ २८, २०८०

लिथ्युएनिआमा मङ्गलवार र बुधवार (जुलाई ११ र १२ मा) हुने नेटोको महत्त्वपूर्ण बैठकमा रुसले कुनै सदस्यराष्ट्रमाथि आक्रमण गरे कसरी प्रतिरोध गर्ने भन्ने एउटा विस्तृत योजनाबारे छलफल हुने छ।

शीतयुद्ध अन्त्य भएपछि उक्त सैन्य गठबन्धनले रुसविरुद्ध बनाउने त्यो नै सबैभन्दा गहन योजना हुने ठानिएको छ। यो बैठकले युक्रेन युद्ध र नेटोको समग्र भविष्यलाई नयाँ मोडमा लैजान सक्छ।

नेटोमा आबद्ध ३१ वटा राष्ट्रले युक्रेनलाई लामो समयसम्म सैन्य सहायता प्रदान गर्न सक्ने सङ्केत पनि दिन सक्छन्।

स्वीडन नेटोको सदस्य बन्ने कुरामा टर्कीले आफ्नो विरोध फिर्ता लिएपछि हुन लागेको यो भेलामा युक्रेनले सदस्यता लिन चाहेको विषयमा भने असहमति कायम छ।

नेटामा आबद्ध राष्ट्रहरूले पूर्वी युरोपमा आफ्नो सैन्य उपस्थिति बढाउन सक्ने ठानिएको छ

नेटामा आबद्ध राष्ट्रहरूले पूर्वी युरोपमा आफ्नो सैन्य उपस्थिति बढाउन सक्ने ठानिएको छ

नेटो के हो ?
यो सङ्गठनको प्रारम्भिक लक्ष्य दोस्रो विश्वयुद्धपछि युरोपमा रुसको विस्तारलाई रोक्नु थियो।

सन् १९९१ मा सोभियत सङ्घ भङ्ग भएपछि कैयौँ पूर्वी युरोपेली देशहरू नेटोमा आबद्ध भए।

तात्कालिक सोभियत सङ्घमा समाविष्ट रुसले उनीहरूको सदस्यताले आफ्नो सुरक्षालाई जोखिममा पारेको तर्क गर्‍यो।

त्यसले नेटोलाई आफ्नो भूभागको निकै नजिक ल्याउने मस्कोको चिन्ता पाइन्छ।

गत एप्रिलमा फिनल्यान्ड कान्छो सदस्य भएसँगै नेटो रुससँग अर्को सीमामा जोडिन पुगेको छ।

रुसविरुद्ध प्रतिरक्षाको नेटोसँग कस्तो योजना छ?
यदि रुसले कुनै सदस्य देशलाई आक्रमण गरेमा त्यसो प्रतिरोध गर्न नेटो कमान्डरहरूसँग नयाँ योजना छन्।

यदि रुसलाई आर्क्टिक तथा नोर्थ एट्लान्टिक (उत्तर आन्ध्र), मध्ययुरोप र भूमध्यसागरमध्ये कुनै एउटा क्षेत्रमा आक्रमण गर्नुपरेमा सैनिकहरू कहाँ जाने र त्यहाँ के गर्ने भन्ने सटीक योजनाहरू छन्।

रोयल यूनाइटेड सर्भिसेस इन्स्टिट्यूट नामक थिङ्कट्याङ्कका सहायक निर्देशक मल्कोम चाल्मर्सले त्यो सन् १९९१ मा शीतयुद्ध अन्त्य भएयता नेटोको सबैभन्दा विस्तृत योजना रहेको बताउँछन्।

'सोभियत सङ्घ विघटन भएपछि मुख्य युद्धको जोखिम लगभग पूरै हरायो,' उनी भन्छन्।

युक्रेन युद्धमा बेलारुस किन रुसको पक्षमा उभिएको छ
रुसले युद्धमा मर्ने सैनिकको सङ्ख्या लुकाउँछ, तर बीबीसीको गणनाले यस्तो देखायो तर सन् २०१४ मा (रुसमा) क्राइमियालाई गाभिएपछि र हालको युक्रेन युद्धको अर्थ त्यो जोखिम पुनः वास्तविक रूपमा छ भन्ने हो - खासगरी बाल्टिक गणराज्यहरूका लागि।'

किङ्ग्स कलेज लन्डनमा डिफेन्स स्टडीजकी प्राध्यापक ट्रेसी जर्मन भन्छिन्ः  'यी सबै प्रतिरोध र प्रतिरक्षा गर्ने आवश्यकता र आफ्नो पूर्वी मोर्चामा साझेदारहरूलाई आश्वस्त पार्ने कुरासँग सम्बन्धित छन्।' 

युक्रेन किन नेटो सदस्य बन्न सकेको छैन ?
सन् २००८ मा नेटोले युक्रेन भविष्यमा सङ्गठनको सदस्य बन्न सक्ने जनाएको थियो।

तर हालै ूफास्ट(ट्र्याकूबाट सदस्यता दिन गरिएको आग्रहलाई उसले अस्वीकार गर्‍यो।

नेटोको बडापत्रको धारा ५ मा कुनै एक सदस्यमाथि आक्रमण भएमा अन्य सबैले प्रतिरक्षा गर्नुपर्ने लेखिएको छ।

यदि अहिले युक्रेन त्यसमा आबद्ध भएमा प्राविधिक रूपमा नेटो देशहरूले रुसविरुद्ध युद्ध घोषणा गर्नुपर्ने हुन्छ।

नेटो देशहरूले कसरी युक्रेनलाई सहयोग गरिरहेका छन्?

अमेरिकाले उसका साझेदारहरूले युक्रेनलाई अमेरिकामा निर्मित लडाकु विमानहरू दिन सक्ने जनाएको छ। त्यस्ता लडाकु विमानमा एफ(सिक्सटीन पनि पर्छन्।

ती विमान उडाउनका लागि युक्रेनी पाइलटहरूले तालिम लिइरहेका छन्।

अमेरिकाले युक्रेनलाई ३१ वटा एब्राम्स ट्याङ्क दिँदै छ। यूकेले १४ वटा च्यालेन्जर टू ट्याङ्कहरू पठायो। जर्मनीले १८ वटा लेपर्ड टू ट्याङ्कहरू पठाएको छ भने अन्य युरोपेली देशहरूले थप दर्जनौँ ट्याङ्क पठाउँदै छन्।

स्ट्राइकर्स र ब्र्याड्लिजजस्ता बख्तरबन्द गाडीहरू समेत पठाइएका छन्।

अमेरिका र यूके दुवै देशले हाइमर्सजस्ता क्षेप्यास्त्र प्रणाली युक्रेनलाई पठाएका छन्। तिनले रुसी अग्रमोर्चाभन्दा पछाडिका लक्ष्यमा आक्रमण गरिरहेका छन्।


अमेरिका र अन्य देशहरूले युक्रेनमाथि रुसी क्रूज क्षेप्यास्त्र र ड्रोनहरू खसाल्नका लागि हवाई प्रतिरक्षा प्रणालीहरू पठाइएका छन्।

अमेरिका र यूकेले पठाएका जेभिलिन र एनलजस्ता ट्याङ्क प्रतिरोधी अस्त्रहरू सन् २०२२ को वसन्तयाममा राजधानी किएभतर्फ अघि बढेका रुसी फौजलाई रोक्न महत्त्वपूर्ण साबित भएका थिए।

लामो दूरीमा मार हान्न सकिने क्षेप्यास्त्र तथा लन्चरहरू युक्रेनलाई दिइएको छैन।

रुसी वायुसेनाबाट भागेका अधिकारी भन्छन्, 'अपराधको मतियार बन्न मानिनँ'

रुससँग कतिवटा परमाणु अस्त्र छन्?
ती रुसको निकै भित्री भूभागमा प्रहार भएमा त्यसले रुस र नेटोबीच प्रत्यक्ष द्वन्द्व सिर्जना हुने अवस्था आउने चिन्ता माझ लामो दूरीका अस्त्र दिइएको छैन।

त्यही नै कारणले नेटो देशहरूले युक्रेनमा आफ्ना सैनिकहरू पठाएका छैनन् वा त्यहाँ उनीहरूका सैनिकले ुनो(फ्लाई जोनु (उडान निषेधित क्षेत्र) घोषणा गरेका छैनन्।

फिनल्यान्ड किन नेटोमा आबद्ध भयो ?
यसअघि तटस्थ हैसियतमा रहेको फिनल्यान्ड सन् २०२३ को एप्रिलमा नेटोमा आबद्ध भएको थियो।

फिनल्यान्डको रुससँग १,३४० किलोमिटर लामो सीमा छ। यस देशले नेटोमा आफ्नो देशको २,५७,२५० को सङ्ख्यामा रहेका नियमित र जगेडा सैनिक नेटोलाई उपलब्ध गराएको छ।

फिनल्यान्डसँगै स्वीडनले समेत नेटोमा आबद्ध हुन निवेदन दिएको छ।

यद्यपि नयाँ देशलाई यस सङ्गठनमा जोड्नका लागि हरेक सदस्य राष्ट्र सहमत हुनुपर्छ। तर टर्की र हङ्गेरीले अझै त्यसका लागि स्वीकृति दिइसकेका छैनन्।

टर्कीले आफ्नो देशका शत्रुहरूलाई सुपुर्दगी गर्न अस्वीकार गरिरहेको र आफ्ना सडकमा मुस्लिमविरोधी प्रदर्शनलाई स्थान दिएको बताउने गरेको छ।
-बीबीसीबाट 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार