२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

कोशी प्रदेश सरकार 

सत्ता राजनीतिको किचलो  : " दलबीच छलफल, राप्रपाले माग्यो मुख्यमन्त्री "

स्पष्ट बहुमत नभएका कारण नयाँ सरकार गठनमा अन्योल

आइतवार , आषाढ १७, २०८०


काठमाडौँ, असार । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायकमध्ये एक मानिएको राप्रपासँग कांग्रेस र माओवादीका नेताहरूले चरणबद्ध छलफल गरिरहेका छन् । 

तर प्रदेशसभामा ६ सिट भएको राप्रपाले कांग्रेस-माओवादीको गठबन्धनसँग मुख्यमन्त्री आफूले पाउनुपर्ने सर्त अगाडि सार्न थालेको छ ।

कोशी प्रदेशमा कांग्रेस र एमाले नेतृत्वका दुबै गठबन्धनमा स्पष्ट बहुमत नभएका कारण नयाँ सरकार गठनमा अन्योल बढिरहँदा सत्ताको साँचो बोकेर बसेको राप्रपाले मुख्यमन्त्री पाउनुपर्ने सर्त अघि सार्न थालेको हो ।

'नयाँ गठबन्धनबाट सरकार गठनका लागि प्रस्ताव आउँदा हामीले मुख्यमन्त्री पाउनुपर्ने सर्त राख्नेछौं,' राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले  जनाए ।  

कोशी प्रदेशमा अहिलेको गठबन्धनमा एमाले र राप्रपाका गरी ४६ सदस्य रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा राप्रपाको भने ६ सिट छ ।

एमाले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनमा जटिलता देखिएको छ ।

प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाबुराम गौतमसहित १३, नेकपा (एकीकृत समाजवादी) का ४ गरी ४६ सांसद छन् ।  जसपाको भने एक सांसद छन् । सभामुखले भने सरकार गठनको क्रममा मतदान गर्न पाउँदैनन् ।

एमालेलाई साथ दिँदै आएको राप्रपालाई कांग्रेस र माओवादीले आफ्नो पक्षमा पार्न सकेमा मात्रै उनीहरूको सरकार सहज रुपमा बन्ने अवस्था छ । तर राप्रपाले अर्को गठबन्धन जानुपरेको खण्डमा मुख्यमन्त्री पदलाई 'बटम लाइन' बनाउन थालेको हो ।

पुस १० गते संघमा बनेको गठबन्धन अनुसार पुस २३ मा एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा कोशीको सरकार गठन भएको थियो ।

राष्ट्रपनि निर्वाचनसँगै गठबन्धन फेरिए पनि कोशी प्रदेश सरकारबाट गत महिना माओवादी केन्द्र बाहिरिएको थियो । 

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि बिहीबार प्रस्ताव राखेका थिए । 

प्रस्तावको पक्षमा एमाले र राप्रपाको ४६ मत परेको थियो भने विपक्षमा ४३ मत परेको थियो । 

बहुमतका लागि आवश्यक ४७ मत पुर्‍याउन नसक्दा कार्की नेतृत्वको सरकार ढल्न पुगेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार