२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छौं ' :  मन्त्री बस्नेत

मंगलवार , आषाढ १२, २०८०

 

काठमाडौँ, असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ । 

झापाको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालको निरीक्षणपछि उहाँले देशभरका अस्पताल सुधारका क्षेत्रमा काम भइरहेको बताउनुभयो । 

उहाँले कतिपय अस्पतालको स्तरोन्नति गर्नुपर्ने देखिएकाले त्यस्ता अस्पतालको पहिचान गर्दै सरकारले स्तरोन्नतिको काम थाल्ने बताउनुभयो ।  

मन्त्री बस्नेतले आज मात्रै विराटनगरमा रहेको कोशी अस्पतालसहित पूर्वका अस्पताल र स्वास्थ्य संस्थाको निरीक्षण गर्नुभएको हो । सो क्रममा बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पतालको समेत निरीक्षण गर्नुभएको थियो । 

अस्पतालको निरीक्षणपछि निजी क्षेत्रबाट सञ्चालित यो अस्पतालले ग्रामीण क्षेत्रका नागरिकहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रवाह गरिरहेको पाइएको उहाँले बताउनुभयो ।

अस्पतालले प्रवाह गरिरहेको सेवाका विषयमा अस्पतालका सुपरिटेण्डेन्ट  डा अनिलकुमार बस्नेतले जानकारी गराउनुभएको थियो भने अस्पतालका निर्देशक आनन्द बस्नेतले अस्पतालका विषयमा जानकारी गराउनुभएको थियो । 

अस्पताल प्रशासक विनोद बस्नेतले सहजीकरण गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, प्रदेश सचिवलगायतले अस्पतालले प्रदान गरिरहेको सेवाका विषयमा जानकारी लिनुभएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार