२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

बंगलादेशसँग बिद्युत ब्यापार

'नेपालको विद्युत् लैजान दिन भारत सकारात्मक' : प्रधामनमन्त्री  दाहाल 

भारतले सुविधा दिन इच्छुक

बिहिवार , जेठ १८, २०८०

 

काठमाडौँ, जेठ । भारतको भूमि हुँदै नेपालको विद्युत् बंगलादेश लैजान भारत सकारात्मक रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । 

दुवै मुलुकका प्रधानमन्त्रीहरुको संयूक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने ‘नेपालको विद्युत् बंगलादेश निर्यातका लागि भारतले सुविधा दिन इच्छुक देखिएकोमा म प्रशंसा गर्दछु ।’

नेपालबाट बंगलादेशमा ५० मेगावाट बिजुली लैजाने सम्झौता भएको दाहालले स्मरण गराउँदै छिट्टै यससम्बन्धी त्रिदेशीय सम्झौता हुने विश्वास व्यक्त गरे । 

भारतले नेपालबाट हाल ४५२ मेगावाट बिजुली लिइरहेकोमा दाहालले माथिल्लो तामाकोसीको ४५६ मेगावाटसहित १२ सय मेगावाट विद्युत् भारतले खरिद गर्नेगरी स्वीकृति दिन आग्रह गरे । यसमा प्रधानमन्त्री मोदी सकारात्मक रहेको दाहालको तर्क छ ।

सो अवसरमा मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् लिन तयार रहेको प्रतिबद्धता जनाए । 

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा ४८० मेगावाट क्षमताको फुकोट कर्णाली र ६६९ मेगावाट क्षमताको तल्लो अरुणको निर्माण सम्झौता भएको छ । 

भारतीय कम्पनी सतलज जलविद्युत् निगमले तल्लो अरुण आयोजना र एनएचपीसी लिमिटेडले फुकोट कर्णाली बनाउने सम्झौता भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार