२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाल - भारत सम्झौता 

भारतीय प्नधानमन्त्री  मोदीले भने : '१० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली लैजान्छौं' 

तल्लो अरुण र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सम्झौता 

बिहिवार , जेठ १८, २०८०

 

काठमाडौँ, जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरेका छन् । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीको संयूक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरे ।

पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपाल भारत दीर्घकालीन सम्झौतामार्फत १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने सहमति भएको बताए । 

४८० मेगावाट क्षमताको फुकोट कर्णाली र ६६९ मेगावाट क्षमताको तल्लो अरुणको पनि निर्माण सम्झौता भएको छ । 

भारतीय कम्पनी सतलज जलविद्युत निगमले तल्लो अरुण आयोजना र एनएचपीसी लिमिटेडले फुकोट कर्णाली बनाउने सम्झौता भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार