नयाँ दिल्ली, जेठ । बुधबार भारत भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँदिल्ली पुगेका छन् । विमानस्थलमा अहिले उनको स्वागत गरिएको छ । यसका लागि सांस्कृतिक कार्यक्रम गरिएको छ ।
प्रधानमन्त्री दाहालको स्वागत विमानस्थलमा भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले गर्दै कार्यक्रम रहेको छ । लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू पनि विमानस्थलमा पुगेका छन् ।
प्रधानमन्त्री दाहालको भ्रमण टोली चार दिने भारत भ्रमणका लागि बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार भारत भ्रमण तय गरेका हुन् ।
गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो १: २५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेका थिए ।