२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक 

आर्थिक नीति तर्जुमा : " निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी बन्छ " 

 अर्थमन्त्री डा. महतले भने : 'आयातमा उच्च संकुचन भएकाले राजस्व असुली घट्यो'

आइतवार , जेठ १४, २०८०

काठमाडौँ, जेठ । अर्थमन्त्री प्रकाशशरण महतले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुने गरी मुलुकमा आर्थिक नीति तर्जुमा गरिने बताएका छन् । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने क्रममा आइतबार प्रतिनिधिसभा संसद्मा‌ अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

‘आम उपभोक्ता तथा निजी क्षेत्रको आत्म विश्वासलाई अभिवृद्धि गरी आर्थिक नीतिको तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ,’ अर्थमन्त्री महतले भने ।

बाह्य क्षेत्र सन्तुलनमा देखिएको दबाबलाई सम्बोधन गर्नका लागि गरिएको पैठारी नियमन नीतिले बाह्य क्षेत्र सन्तुलन भए पनि आयातमा उच्च संकुचन भएकाले राजस्व असुली घटेको अर्थमन्त्री प्रकाश शरण महतले बताएका छन् ।

मुलुकको दिगो, फराकिलो तथा उच्च आर्थिक वृद्धि हासिल गर्न, समिष्टगत आर्थिक स्थिायित्व कायम गर्न र उत्पादनशील रोजगारी सेजना गर्न सम्बद्ध सबै निकायको जिम्मेवारपूर्ण भूमिका हुनु पर्ने पनि अर्थमन्त्री महतले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार