काठमाडौँ, जेठ । संसद्ले भ्रष्टाचार निवारणसम्बन्धी संशोधन विधेयकलाई दफाबार छलफल गर्न समितिमा पठाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज, सोमबार, बस्ने प्रतिनिधिसभा बैठकमा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ लाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।‘हामी समितिमा लैजाने प्रस्ताव पारित गर्नेछौं,’ सांसद रघुजी पन्तले आईतवार नै सञ्चारकर्मीलाइृ बताएका छन ।
यो
भ्रष्टाचार निवारणसम्बन्धी विधेयक संसोधन गर्दा ठूलै नेता पर्ने भएकाले बिधेयकमा बचाउनेखालका प्रावधानको ब्यवस्था गर्न संसोधनमा पुनः छलफलमा लान लागिएको एक नेताले बताए ।
एमाले स्रोत नै भन्छ, सबैभन्दा धेरै भ्रष्टाचारका काण्ड नेकपा एमाले अध्ध्यक्ष ओलीका छन । उनी आफू बच्न दिनदिनै प्रचण्ड र देउवाकामा धाउने गरेका छन । अन्य दलका नेता पनि चोखा त होईनन्, तर ओलीका जति काण्ड छैनन् अरु दलका नेताका ।
‘विधेयकका धेरै प्रावधानमा दफावार छलफल गर्नुपर्ने भएकाले समितिमा लैजानैपर्ने अवस्था छ ’ भनेर समितिमा लान खोजिएको हो ।
भ्रष्टाचार निवारणलगायत संसद्मा लामो समयदेखि विचाराधीन केही महत्त्वपूर्ण विधेयकलाई हिउँदे अधिवेशनमा पारित गर्न नसकेपछि संसद्ले आलोचना खेप्नुपरेको थियो । भ्रष्टाचार सम्बन्धी ऐन राज्य व्यवस्था तथा सुशासन समितिको क्षेत्राधिकारभित्र पर्छ ।
भ्रष्टाचारविरुद्ध जनआक्रोश बढिरहेका बेला विधेयकमाथि विषयगत समितिले नियमित छलफल गरेर सक्दो छिटो पास गर्नुपर्ने नेम्वाङले बताए ।
विधेयकमा भ्रष्टाचारको पाँचवर्षे हदम्याद, नीतिगत निर्णयमा अख्तियारको प्रवेश नहुने तथा निजी क्षेत्रको अनियमितता अनुसन्धानलाई अख्तियारको क्षेत्राधिकारमा राख्नेलगायतका प्रावधान विवादास्पद छन् । अघिल्लो छलफलमा ३२ सांसदले यी प्रावधान हटाउनुपर्ने तर्क गरेका थिए ।