चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट पहिरिएका छन्। आर्चविशपले सेन्ट एड्वर्ड्ज् क्राउन राजाको शिरमा राखिदिएका हुन्। जीवनमा यही एक पटक उनले ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिरिने छन्। यो राजमुकुट पहिरिने राजा चार्ल्स तृतीय सातौँ शासक हुन्।
यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए। उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन्।
सोही समारोहमा आर्चविशपले रानी कमिलालाई ‘क्वीन मेरीज् क्राउन’ पहिर्याइदिए। उक्त मुकुट पहिले जोर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो।
undefined
विस्तृत समारोह वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा त्यसअघि चार्ल्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिएका थिए।
समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए जहाँ बाइबलको एक अंश वाचन गर्ने प्रधानमन्त्री ऋषि सुनक हिन्दू हुन्।
पत्नी रानी कमिलाका साथ उनी बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो।
राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए।
undefined
वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा लामो राज्याभिषेक समारोहपछि उनीहरू पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ फर्किए।
undefined
समारोहको बीचबीचमा राजाले नै रोजेका सङ्गीत बजेका थिए जसमा नयाँ बनाइएका १२ वटा धुन समावेश थिए।
राज्याभिषेकको भव्य शाही समारोह संसारभरिबाट निम्त्याइएका अतिथिहरू सहभागी छन्।
यसअघि शनिवार विहान रेलमार्फत् लन्डनको वाटरलु स्टेसन पुगेका सशस्त्र सैन्य बलका हजारौँ सदस्य शनिवारको समारोहमा सहभागी हुन बकिङ्घम दरबारतर्फ गएका थिए।
विश्वनेता र राजपरिवारका सदस्यहरूसहित दुई हजारभन्दा धेरैलाई राज्याभिषेक समारोहका लागि निम्त्याइएको छ। मनोरञ्जन जगत्का व्यक्तिहरू समेत अतिथिका रूपमा सहभागी छन्।
यूकेका प्रधानमन्त्री ऋषि सुनक र देशका सातजना पूर्वप्रधानमन्त्रीहरू समारोहमा सहभागी छन्।
लण्डन
यूकेका प्रधानमन्त्री ऋषि सुनकले शनिवारको दिन ूअभूतपूर्व राष्ट्रिय गौरवको क्षणू भएको र ूहाम्रो देशको आधुनिक चरित्रको जीवन्त प्रदर्शनू भएको बताएका छन्।
उनले ट्वीटमार्फत् भनेका छन्स् ूकुनै अर्को देशले यस्तो चमकदार प्रस्तुति गर्न सक्दैन। तर यो प्रदर्शनी मात्र होइन। यो हाम्रो इतिहास, संस्कृति र परम्पराको गौरवपूर्ण अभिव्यक्ति हो।ू योजनाबद्ध रूपमा तय गरिएको सप्ताहान्तका विशेष कार्यक्रमहरूमा सडक पार्टीहरू र आइतवार विन्डसर कासलमा हुने कन्सर्ट समेत समावेश छ।
सोमवार देशव्यापी रूपमा स्वयंसेवी कार्यक्रमहरू हुँदैछन्। शनिवारको समारोहबीच राजतन्त्रविरोधी समूहहरूले विरोध प्रदर्शनहरू समेत गरेका थिए।