२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

अष्ट्रेलियाली विश्वविद्यालय

खानपानकाे शैलीसम्बन्धी अध्ययन भन्छ : “रातो मासु मुटु रोगीका लागि घातक”

नशा र चिनीरोग सम्वन्धी समस्यामा पनि नकारात्मक असर पार्ने

शनिवार , बैशाख २३, २०८०

ष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ । 

दक्षिण अष्ट्रेलिया विश्व विद्यालयको टोलीले गरेको अध्ययनमा रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो । 

प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरुको बृद्धि गर्ने गरेको अध्ययनले देखाएको अध्ययन कर्ताले बताएका छन । त्यस्ता तत्वले मुटुसँगै नशा र चिनीरोग सम्वन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनले देखाएको छ ।  


अध्ययन टोलीका अनुसन्धानकर्ता डा, पेर्माल डेओले भने, “रातो मासुलाई रोष्ट बनाउने, भुटन बनाउने, अत्यधिक तापमा पकाउनेलगायतका प्रक्रियाबाट बनाएर खाएमा विभिन्न प्रकारका रोगीलाई हानी पु¥याउने देखिएको छ ।”

स्रोत :  विभिन्न एजेन्सी / पुरानो  फाइलबाट 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार