२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

हेलिकोप्टर दुर्घटना (अपडेट) 

एकको मृत्यु : 'दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय भविन गुरुङ'

शुक्रवार , बैशाख २२, २०८०


खाँदबारी, वैशाख । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिएका छन ।  

हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते हुनुभएको उनले  जनाएका छन । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ । 
 
मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए ।  दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते  भएका छन ।  उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार