२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

 २५६७ औं बुद्धजयन्ती

लुम्बिनीमा मनाइयो बुद्धजयन्ती : ' मायादेवी मन्दिर दर्शन गर्नेको घुइँचो'

स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासक, उपासिका उपस्थित

शुक्रवार , बैशाख २२, २०८०

 
लुम्बिनी, बैशाख । चिटिक्क बनाएर आकर्षक रुपमा सिँगारिएको लुम्बिनीेमा शुक्रबार विभिन्न कार्यक्रम गरी भव्यरुपमा बुद्धजयन्ती मनाइएको छ । २५६७ औं बुद्धजयन्ती मनाउन यहाँ स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासक, उपासिका समेत आएका छन् ।

शुक्रबार बिहानै ७ बजे मायादेवी मन्दिरमा पूजापाठ र विश्व शान्तिका लागि प्रार्थना गरिएको थियो । मन्दिरबाट सभासम्म करिब २ किमी शोभायात्रा निकालिएको थियो । 

बुद्धजयन्तीका दिन वैशाख पूर्णिमामा लुम्बिनीमा निकै भीडभाड बढेको छ । स्वदेशी र विदेशी पर्यटकले लुम्बिनी भरिभराउ छ । 

बिहानदेखि नै लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शन गर्ने दर्शनार्थीको उस्तै घुइँचो लागेको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार