२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बुद्ध जयन्ती मनाउन रामग्रामले धातु जात्रा निकाल्ने

बिहिवार , बैशाख २१, २०८०


काठमाडौँ, बैशाख । वैशाख २२ गते शुक्रबार बुद्धको २५६७औँ जयन्तीको अवसरमा रामग्राम नगरपालिकाले धातु जात्रा गर्दैछ । हरेक वर्ष रामग्राम स्तपुमा मनाउँदै आएको बुद्ध जयन्ती यो वर्ष नगरपालिकाले फरक तथा आकर्षक ढङ्गले गर्ने बताएको छ । 

नगरपालिकाले नगरभित्र रहेको कोलिया गणराज्यको पण्डितपुरबाट धातु जात्रा (रथ) गर्ने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताउनुभयो । करिब २५ सय वर्ष तथा इसापूर्व पाँच सय वर्ष पुरानो यो स्तुप कोलिया गणराज्यद्वारा निर्माण गरिएको थियो । 

बुद्धको परिनिर्वाणपश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तुपमध्ये सिङ्गो अस्तु भाग रहेको रामग्राम स्तुप हो । स्तुपको सुरक्षार्थ नागजातिको आग्रहमा उत्खनन नगराई दिदा सिङ्गाँ भाग बचेको छ । सोही अस्थिको झल्को दिन धातु रथयात्रा गर्ने नगरप्रमुख यादवले भन्नुभयो । 

बुद्ध जयन्तीका अवसरमा कार्यक्रमलाई भव्य र सफल बनाउनका लागि नगरपालिकाले सम्पूर्ण तयारी गरिसकेको छ । 

रामग्राम स्तपु, पण्डिपुर र परासी बजार सरसफाइ गरिएको छ । त्यस्तै दिउँसोका कार्यक्रम सकिएपछि साँझ दीपावली गर्ने कार्यक्रम पनि छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार