२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना सङ्क्रमित एकको मृत्यु

शनिवार , बैशाख १६, २०८०

 

काठमाडाैँ, बैशाख । कोरोना सङ्क्रमित एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो ।

आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् ।

सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन् । यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आइसीयू)मा आठ र भेन्टिलेटरमा एक जना उपचारत छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार