२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सीता जन्मोत्सव समारोह–२०८०’ 

सीता जन्मस्थल जनकपुर : 'पर्वले सामाजिक र सांस्कृतिक सद्भाव कायम '

राष्ट्रिय विभूति सीता आदर्श नारी मात्र होईन एकताको प्रतिक पनि

शनिवार , बैशाख १६, २०८०

काठमाडौँ, बैशाख । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा सामाजिक र सांस्कृतिक सद्भाव कायम गर्नका लागि राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका रहेको बताएका छन । 

मिथिला संस्कृति समाज, नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘सीता जन्मोत्सव समारोह–२०८०’ कार्यक्रममा उनले सीतालाई एक आदर्श नारीका रुपमा मात्र नभई नेपालभित्र एकता कायम गर्ने साझा प्रतीकका रुपमा लिइनुपर्ने बताए । 

“मुलुकको सामाजिक, सांस्कृतिक रुपमा एउटा नयाँ आयाम थप्ने काम सीता जन्मोत्सवले गरेको छ । यसबाट राष्ट्रिय एकता र भ्रातृत्व वातावरण बनाउँछ”, उनले भने ।  सीता जन्मोत्सवले मिथिला संस्कृतिलाई पनि प्रवर्द्धन गरेको पनि उनले बताए । 

सोही कार्यक्रममा मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले सीताको जन्मोत्सवलाई मिथिला क्षेत्रमा मात्र नभई समग्र नेपालभर नै मनाउन आवश्यक रहेको बताए ।  “हामीले आफ्नो इतिहास र संस्कृतिलाई उजागर गर्न सकेनौँ । 

सामाजिक एकता र सद्भावका लागि सीता जयन्ती हिमाल पहाड सबै क्षेत्रले मनाउन थाल्नुपर्छ”, उनले भने, “यसलाई मधेस प्रदेश र जनकपुरको मात्र नभई राष्ट्रिय पर्वका रुपमा मनाइनुपर्छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार