२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्वास्थ्य मन्त्रालय भन्छ 

कोरोना सङ्क्रमण पुनः बढ्यो : " ५९१ मा परीक्षण,१३६ सङ्क्रमित थपिए "

६४ जना कोरोना उपचारपछि घर फर्किए

मंगलवार , बैशाख १२, २०८०

 

काठमाडौँ, बैशाख । कोरोना भाइरस सङ्क्रमण पुनः बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार  ५९१ जनामा गरिएको परीक्षणमा १३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै सक्रिय सङ्क्रमित तीन ९० जना पुगेका छन् । हिजो  ११३ जनामा सङ्क्रमण फेला परेको थियो । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २७ जना, सघन उप कक्ष (आइसियु) मा चारजना र भेन्टिलेटरमा एक जना उपचाररत रहेका छन् । 

यस्तै आज ६४ जना कोरोना उपचारपछि घर  फर्किएका छन् । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । 

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ । 

शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सीमानाका कारणले सङ्क्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार