२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेकपा एमाले

अध्यक्ष ओलीले भने :" कृषि उत्पादनमा आत्मनिर्भर नहुँदा समस्या "  

आत्मनिर्भरता बन्न दक्षिण एशियाली मुलुकबीच सहकार्य आबश्यक 

बुधवार , चैत्र २९, २०७९


झापा, चैत । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताएका छन । 
 
गृह जिल्ला झापाको शिवसताक्षीस्थित झिलझिलेमा आयोजित एक कार्यक्रममा ओलीले कृषिको व्यवसायीकरण र आत्मनिर्भरताका लागि दक्षिण एशियाली मुलुकबीच सहकार्यको आवश्यकतासमेत जोड दिए । 

उनले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकताका क्षेत्रमा एमालेको सरकारले गरेका कामको बारेमा पनि चर्चा गरे ।  दक्षिण एशियाली किसान सम्मेलन  उद्घाटन गर्न अध्यक्ष ओली आज भद्रपुर विमानस्थल हुँदै झापा आईपुगेका  छन ।
 
ओलीले बिहीबार पार्टी निकटका किसानको सङ्गठन अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम छ । 

झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशालामा हुने सातौँ राष्ट्रिय सम्मेलनले आगामी नेतृत्वसमेत चयन गर्ने जनाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार