२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाल चेम्बर अफ कमर्श

प्रधानमन्त्री दाहालले भने : " अर्थतन्त्र सुधार गर्न सरकार प्रतिबद्ध छ "

' अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्र साथ चाहिन्छ '

सोमवार , चैत्र २७, २०७९

काठमाडौँ, चैत । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको र जिम्मेवारीका साथ  लागेको बताएका छन ।  

आज यहाँ आयोजित नेपाल चेम्बर अफ कमर्शको ७२औंँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्रीले दाहालले अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रको पनि उत्तिकै साथ र सहयोग चाहेको बताएका छन । 
    
“देशको अर्थतन्त्र सञ्चालनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहिआएको छ । कूल लगानीको दुई तिहाई लगानी निजी क्षेत्रबाट भएको छ ।

उत्पादन र रोजगारी बढाउन साथै अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्ति गर्नका लागि अग्रगामी भूमिका खेल्दै आएको छ”, प्रधानमन्त्री दाहालले भने ।  उनले तीनवटै तहका सरकारले पनि आफ्नो योजना तथा नीति तर्जुमा गर्दा निजी क्षेत्रसँग समन्वय गर्दै आएको बताए ।  

नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने योजना बनाएकोमा ती लक्ष्य पूर्ति गर्नका लागि निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ । 

त्यस्तै पछिल्ला वर्षमा अर्थतन्त्रसँग जोडिएका विभिन्न क्षेत्रमा उल्लेख प्रगति देखिँदै गएकाले अब लगानीका क्षेत्र पनि प्राथमिकिकरण गरिनुपर्ने उनले बताए । 

‘बहुआयामिक गरिबी कम हुँदै गएको छ । शिक्षा क्षेत्र, लैङ्गिक सशक्तीकरण, खानेपानी सुविधा, विद्युत्मा पहुँचलगायका क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । अब क्षेत्रगत रुपमा लगानीको वृद्धि र लगानीलाई प्राथमिकीकरण गर्नुपर्ने छ”, उनले भने । 

आन्तरिक उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न नसके यसले अर्थतन्त्रको दिगो विकासका लागि योगदान पु¥याउन नसक्ने उनको भनाइ छ । पछिल्ला दिनमा अर्थतन्त्रका आधारभूत सूचक सकारात्मक देखिँदै गएको पनि उनले दाबी गरे ।

“देशभित्रै उत्पादन हुनसक्ने वस्तु पनि ठूलो मात्रामा आयात गरिरहेका छौंँ भने दैनिक दुई हजारभन्दा युवा विदेशिरहेका छन् । तर देशको आर्थिक अवस्था त्यति खराब छैन । विदेशी मुद्रा सञ्चिति र राजस्व असुलीमा न्यून देखिए पनि ती समस्या पनि विस्तारै समाधान हुँदै गएका छन्”, प्रधानमन्त्री दाहालको भनाइ छ ।
     

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार