२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गहनापोखरीमा जात्राको रौनक 

शनिवार , चैत्र २५, २०७९

 

काठमाडौँ, चैत । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा हरेक वर्ष मनाइने ' गहना खोज्ने जात्रा' यसवर्ष पनि धुमधाम साथ मनाइयो । ऐतिहासिक महत्त्वको यस जात्रा नेवार समुदायमा लोकप्रिय छ । 

यस जात्रामा स्थानीय नेवार समुदायका युवाहरूले काँधमा टुँडालदेवीको पालकी बोकेर हराएका गरगहना खोज्ने गर्छन् । किरातकालदेखि नै चल्दैआएको मानिने यस जात्रामा हजारौं युवाको भीड लाग्ने गर्छ । 

वैष्णवीदेवी पनि भनिने टुँडालदेवीलाई युवाहरूले पोखरीमा तीन पटक घुमाउँछन् । यस जात्रासँग जोडिएका किंवदन्तीअनुसार टुँडालदेवीका गहना खोज्न रथलाई पोखरीमा लैजाने चलन छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार