२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक :  कोशी प्रदेशमा एक्सटेन्सन काउन्टर 

शनिवार , चैत्र २५, २०७९

 

काठमाडौं,  चैत्र । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कोसी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । 

कोशी प्रदेशको बेलबारी नगरपालिका वडा नम्बर ९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बेलबारी नगरपालिकाका मेयर श्री दिल प्रसाद राई र बैंकका कोशी प्रदेशका प्रमुख श्री राजीव गजुरेलले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गर्नु भयो । 

उद्घाटन गर्दै मेयर श्री दिल प्रसाद राईले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यहाँका बासिन्दाहरुलाई सहज हुने बताउनुभयो । कार्यक्रममा बेलबारी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष श्री शालिग्राम बस्नेत उपस्थिति रहेका थिए । 

कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्री शालिग्राम बस्नेतले बैंकको पहुच वाहिर रहेको डाँगीहाट तथा आसपासमा रहेका सेवाग्राही तथा उद्योगी व्यवसायीहरुलाई बैंकिङ्ग सुविधा सहज रुपमा उपलब्ध हुने बताउनुभयो ।

बैंकका कोशी प्रदेश प्रमुखले सेवाग्राहीहरुलाई एक्सटेन्सन काउन्टर मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताउनुभयो । एक्सटेन्सन काउन्टरमार्पmत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ । 

हाल बैंकले २९६ शाखा कार्यलय र ५१ वटा एक्सटेन्सन काउन्टर मार्फत विशिष्टकृत सुविधा दिदै आएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार