२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री थापाको सरकारलाई सुझाव : “ परिणाम आउने गरी काम गर्नुस् ”

'प्रधानमन्त्रीले यस्तो काम गर्छु भन्नै पर्दैन, जनताले परिणाम देखेपछि आफैँ भन्छन् '

शनिवार , चैत्र १८, २०७९


बाँके, चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई परिणाम आउने गरी काम गर्न सुझाव दिएका छन ।  नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले तीन महिनाभित्र कुनै मन्त्रीले बाहिर अनुहार नदेखाएर परिणाम आउने गरी काम गर्न सुझाव दिए ।  

उनले पाँच महिनासम्म पनि परिणाम नआए जनताको धैर्यता टुट्ने उल्लेख गर्दै त्यसैका कारण मुलुक दुर्घटनामा पर्न सक्ने बताए । “प्रधानमन्त्रीले मैले यस्तो काम गर्छु भन्नै पर्दैन जनताले परिणाम देखेपछि आफैँ भन्छन्”, महामन्त्री थापाले भने ।

उनले सरकारले परिणाममुखी काम गर्न सके त्यसले लय समात्ने बताउँदै सरकारको स्थिरताको लाभ जनताले लिन सक्नुपर्नेमा जोड दिए । 
 
महामन्त्री थापाले चुनाव जित्ने विषयमात्रै सबैथोक नभएको भन्दै आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनावमा जाने बताउनुभयो । “हामी अब विसं २०८४ को निर्वाचन आफ्नै तागतमा लड्नुपर्छ”, उनले थपे ।
 
शान्ति प्रक्रियाको काम नेपाली कांग्रेसले सुरु गरेकाले यसलाई निष्कर्षमा पु¥याउन आवश्यक भएकामा जोेड दिँदै युद्धमा स्वच्छेचारी ढङ्गले भएका हत्या र अपराधलाई उन्मुक्ति दिन नहुने बताए ।  

नेपाली  कांग्रेसकी राष्ट्रियसभामा सचेतक अनिता देवकोटाले शान्ति प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुङ्गोमा पु¥याउनुपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार