२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपालमा  कोरोना संक्रमण

पछिल्लो २४ घण्टा : " थप ४२ मा संक्रमण, १२३ जना सक्रिय संक्रमित "

संक्रमण बढ्दै गएकाले सतर्क रहन सबैलाई मन्त्रालयकाे आग्रह

बिहिवार , चैत्र १६, २०७९

 

काठमाडौं, चैत । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार मात्रै १७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर १२३ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।यसअघि क्रमश कोरोना संक्रमण बढ्दै गएकाले सतर्क रहन सबैलाई मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ ।अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन समेत भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार