२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रूस - युक्रेन युद्ध 

युद्ध अन्त्य गर्नसक्ने पुटिनको सङ्केत : " युक्रेन वार्तामा तयार छ ?"

चीनले तयार गरेको शान्ति योजनालाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने : रुसी राष्ट्रपति

बिहिवार , चैत्र ९, २०७९

युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। यद्यपि, ुपश्चिम र किएभु तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार्न सकिने उनको भनाई छ।

रुसी राष्ट्रपतिले मङ्गलवार मस्कोमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग द्वन्द्व र दुई देशबीचको सम्बन्धबारे छलफल गरेका थिए। गत महिना प्रकाशित चीनको योजनाले रुसी सेनालाई युक्रेनी भूभाग छोड्न स्पष्ट आह्वान गरेको छैन।

बाह्र बुँदाहरू सूचीबद्ध योजनामा कुनै विशेष सर्त बिना शान्ति वार्ता र राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्न सुझाव दिइएको छ।

बीबीसीका अनुसार, युक्रेनले कुनै पनि वार्ताका लागि रुसले आफ्नो भूभाग छोड्नुपर्ने बताएको छ। तर रुस त्यसो गर्न तयार भएको सङ्केत देखिँदैन। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सोमवार 'युक्रेनी भूभागबाट रुसी सेनालाई हटाउनेबारे केही उल्लेख नगरी युद्ध विराम आह्वान गर्नुले रुसको जितलाई अनुमोदन गर्न बल पुर्‍याउनेु बताएका थिए।

सीसँगको बैठक सकिएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पुटिनले भनेस् 'चिनियाँ शान्ति योजनाका धेरै प्रावधानहरूलाई युक्रेनमा द्वन्द्व समाधानको आधारका रूपमा लिन सकिन्छ। तर त्यसका लागि पश्चिम र किएभ तयार हुनुपर्छ।' तर रुसले युद्धको दोस्रो पक्षबाट यस्तो 'तत्परता' देख्न नसकेको उनले बताए।

सीले के भने ?
रुसी नेतासँगै उभिएका सीले आफ्नो सरकार शान्ति र वार्ताको पक्षमा रहेको र चीन ुइतिहासको सही पक्षुमा रहेको बताए। उनले बेइजिङलाई सम्भावित शान्ति निर्माताका रूपमा प्रस्तुत गर्न खोज्दै युक्रेन युद्धबारे चीन 'निष्पक्ष 'रहेको दाबी गरे।

यी दुई शीर्षस्थ नेताले आफ्ना देशहरूबीचको बढ्दो व्यापार, ऊर्जा र राजनीतिक सम्बन्धका बारेमा पनि छलफल गरेका थिए। 'चीन रुसको प्रमुख वैदेशिक व्यापार साझेदार हो,ू राष्ट्रपति पुटिनले चीनसँगको गत वर्ष सुरु भएको 'उच्च स्तरीयु व्यापार सम्बन्ध कायम राख्ने वाचा गर्दै भने।

यसअघि सीले चीन र रुसलाई ुमहान् छिमेकी शक्ति तथा रणनीतिक साझेदारुको संज्ञा दिएका थिए। आर्थिक सहयोगका लागि विस्तृत योजनाहरू र रुस- चीन साझेदारीलाई बलियो बनाउने योजनाहरू गरी दुई संयुक्त कागजातमा हस्ताक्षर गरे

ब्रसल्समा सैन्य सङ्गठन नेटोका प्रमुख यान्स स्टोलटेनबेर्गले ुसहयोगी राष्ट्रहरूले चीनले रुसलाई घातक हतियार उपलब्ध गराएको कुनै प्रमाण नदेखेकोु बताए। तर रुसले हतियारका लागि अनुरोध गरेको र बेइजिङमा त्यसबारे विमर्श भइरहेको ुसङ्केतहरू देखिएकोु उनको भनाइ छ।


चीन- रुस साझेदारी कस्तो ? 
चीन र रुसले जारी गरेको संयुक्त विज्ञप्तिमा दुई देशबीचको साझेदारी अन्तर्गत 'सैन्य-राजनीतिक गठबन्धन' नगरेको जनाइएको छ। यो सम्बन्ध 'गुटबन्दी नगर्ने, आक्रामक नहुने र तेस्रो देशविरुद्ध निर्देशित नहुनेु उनीहरूले बताएका छन्।

पुटिनले पत्रकार सम्मेलनमा पश्चिमले ुपारमाणविक अवयवुसहित हतियारहरू तैनाथ गरेको आरोप समेत लगाए। उनले यूकेले युरेनियम निर्मित गोला बारुद युक्रेनमा पठाए रुस त्यसको प्रतिक्रिया जनाउन बाध्य हुने चेतावनी दिए। यूकेको रक्षा मन्त्रालयले भने युरेनियमको पारमाणविक अस्त्रसँग कुनै सम्बन्ध नभएको जनाएको छ।

सीले मस्कोमा पुग्दा आफू 'अत्यन्त खुसीु भएको र राष्ट्रपति पुटिनसँगको वार्ता ' स्पष्ट, खुला र मैत्रीपूर्णु भएको बताए। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको केही दिनमा यो भेटघाट भएको हो। सी मस्को पुगेको भोलिपल्ट जापानी प्रधानमन्त्री फुमिओ किशिदा आकस्मिक भ्रमणमा किएभ पुगेका छन्।

दोस्रो विश्वयुद्धपछि कुनै पनि जापानी प्रधानमन्त्री युद्धग्रस्त देशमा गएको यो पहिलो पटक हो। विकसित राष्ट्रहरूको समूह जी सेभेनमा आबद्ध देशका नेतामध्ये रुसी आक्रमणपछि युक्रेन भ्रमण नगर्ने नेतामा किशिदा मात्र बाँकी थिए।

युक्रेनी राष्ट्रपति भ्लादिमिर पुटिनले मे महिनामा हुने जी सेभेन सम्मेलनमा भिडिओमार्फत सहभागी हुने किशिदासँग बताए। मङ्गलवार दिउँसोको पत्रकार सम्मेलनमा उनले चीनलाई पनि वार्तामा सहभागी हुने आग्रह गरेको तर हालसम्म कुनै जवाफ नआएको जनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार