२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

बिहिवार , फाल्गुण २५, २०७९

काठमाडौँ, फागुन ।काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि जहाज बिचबाटै काठमाडौँतर्फ फर्काइएको हो ।

उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि सकुशल अवतरण गराइएको र अहिले विमानस्थलको उडान अवस्था सामान्य रहेको उहाँको भनाइ छ ।

काठमाडौँबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएपछि धादिङमाथिको आकाशबाट जहाज फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार