२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

जनता समाजवादी पार्टी

अध्यक्ष यादवले भने : 'संघीय निजामती र प्रहरी समायोजन ऐन पास गर्नुपर्छ'  

बुधवार , फाल्गुण १७, २०७९

 

काठमाडौँ, फागुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिएको बताएका छन् ।  यसका लागि सरकारले चाँडै नै संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन पास गर्नुपर्ने उनले बताए ।

बुधबार जनकपुरमा आयोजित मधेस प्रज्ञा प्रतिष्ठानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधन स्रोत नहुँदा आवश्यक्ता अनुसार काम गर्न नसकेको दाबी गरेका थिए ।

अध्यक्ष यादवले संघीय निजामती ऐन तत्काल पास गरेर प्रदेशमा कर्मचारीतन्त्र स्थापना गर्नुपर्ने र प्रहरी समायोजन गरी प्रदेशलाई हस्तान्तरण गर्न जरुरी भइसकेको बताए ।

 ‘संघीय निजामती ऐनको आधारमा केन्द्र सरकार कसरी अघि बढ्छ भन्ने थाहा हुन्छ । एउटा संघीय निजामती ऐन छिटो पास गर्नुपर्छ र प्रदेश कर्मचारीतन्त्रको स्थापना गर्नुहोस् । 

प्रहरी समायोजन गरेर प्रदेशलाई अधिकार हस्तान्तरण गर्नुपर्छ । प्रशासनिक शक्ति प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ,’ उनले भने ।

यसैबीच,  अध्यक्ष यादवले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता फर्काउने आवाज उठे पनि अब सम्भव नरहेको बताएका थिए । उनले लोकतन्त्र र गणतन्त्रको विकल्प अरु हुनै नसक्ने बताएका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार