२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

होली पर्वको रौनक

बसन्तपुरमा ठड्याइयो चीर : 'रंगचंगी ध्वजाले सजाइएको चीरले खुसीयाली '

गीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ

सोमवार , फाल्गुण १५, २०७९


काठमाडौं, फागुन ।  काठमाडौंको बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

फागुन शुक्ल अष्टमीका दिन ठड्याइने चीर उठाएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । 

साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् । आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार