२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रपति निर्वाचन

कांग्रेस कार्यसम्पादन समिति बैठक : ‘ राष्ट्रपतिमा रामचन्द्र पौडेल उम्मेदवार ’

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने  ८ दलको सहमति 

शनिवार , फाल्गुण १३, २०७९


काठमाडौँ, फागुन । कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए । 

शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । 

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार