२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल  राष्ट्र बैंक

तरलता घट्यो : ' रिपोमार्फत ३० अर्ब बजारमा पठाउर्दै, फागुन ३ मा बोल कबोल '

'क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने , परिपक्व अवधि १४ दिन'

बुधवार , फाल्गुण ३, २०७९



काठमाडौँ, फागुन । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले मंगलबार रिपोमार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ । 
यसअघि बजारमा पठाएको रिपोको परिपक्व अवधि सकिएपछि वित्तीय प्रणालीमा तरलतामा कमी देखिएको छ । सोही कारण राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो ।

यसअघि गत पुस दोस्रो साता ४५ दिनका लागि रिपोमार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाएको थियो । उक्त रिपोको म्याद गत माघ मसान्तमा सकिएपछि पैसा राष्ट्र बैंकमा फर्किएको थियो ।
 
यही कारण बजारमा देखिएको तरलतामा कमीको अवस्था व्यवस्थापनकै लागि राष्ट्र बैंकले थप रकम बजारमा पठाउन लागेको हो

राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै रिपोका लागि मंगलबार (फागुन ३)  बोल कबोलका लागि आह्वान गरेको छ ।  रिपोमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था बोल कबोलमा सहभागी हुन पाउनेछन् । रिपोको परिपक्व अवधि १४ दिन रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार