२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

गणतन्त्र र नागरीककाे पक्षामा स्वर

पूर्वराजाले गरे एमाले नेताको कार्यक्रम उद्घाटन : " लाग्यो राजतन्त्रको पक्षमा नाराबाजी "

“ धर्म मास्ने, युवा वर्गलाई खाडी मुलुकका तातो घाममा पठाउने गणतन्त्र हामीलाई चाहिँदैन ”

मंगलवार , फाल्गुण २, २०७९

नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापास्थित एक अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले सुरु गरेको 'महाभियान'मा पूर्वराजा ज्ञानेन्द्र शाहले साथ दिएका छन्। सोमवार झापाको काँकडभिट्टामा आयोजित उक्त कार्यक्रमको पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरे। वर्तमान अवस्थामा देशभरि देखिएका विकृतिविरुद्ध महाभियान सञ्चालन गरिएको प्रसाईँको दाबी छ।

'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔँ' नाम दिइएको अभियानको आरम्भ वर्तमान राज्यव्यवस्थाको विरोधी जस्तो देखिएको थियो। अभियानलाई देशव्यापी रूपमा लैजाने बताइएको भए पनि त्यसको स्पष्ट प्रारूप कस्तो हुने भन्ने चाहिँ खुलाइएको छैन।

 

पूर्वराजा ज्ञानेन्द्रसँग को-को थिए?

प्रसाईँ संयोजक रहेको 'महाभियान'को उद्घाटन कार्यक्रममा पूर्वयुवराज पारस र पूर्वअधिराजकुमारी प्रेरणा शाह समेत सहभागी थिए। तर पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी उपस्थित थिएनन्।

प्रसाईँले केही दिनअघि पूर्वराजपरिवारलाई भेटेरै उनको संयोजकत्वमा आयोजना गरिने उक्त अभियानको आरम्भको कार्यक्रमका लागि निमन्त्रणा दिएका थिए।

हाल पूर्वराजपरिवारका सदस्यहरू झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको निवासमा छन्। प्रसाईँ संयोजक रहेको कार्यक्रमको उद्घाटन गरेर पूर्वराजपरिवारका सदस्यहरू कार्यक्रमस्थलबाट बाहिरिएका थिए। प्रसाईँको मन्तव्य दिँदा पूर्वराजपरिवारका सदस्यहरू त्यहाँ 

 

गणतन्त्र विरोधी स्वर

पूर्वराजा

अस्पताल सञ्चालक दुर्गा प्रसाईँ एमालेका केन्द्रीय सदस्य हुन्। यसअघि उनी माओवादी पार्टीसँग आबद्ध थिए। एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनले 'हजुरबा' भन्छन्।  तर आफ्नो भनाइ राख्ने क्रममा प्रसाईँले “यस्तो गणतन्त्र किन चाहियो ?” भनेका थिए।

“धर्म मास्ने, युवा वर्गलाई खाडी मुलुकका तातो घाममा पठाउने गणतन्त्र हामीलाई चाहिँदैन।” पूर्वराजा ज्ञानेन्द्र शाह भने कार्यक्रममा बोलेनन्। शाह कार्यक्रमस्थलमा आउँदा राजतन्त्रको पक्षमा नारा लगाइएको थियो।

प्रसाईँको कार्यक्रम पूर्वराजा शाहले उद्घाटन गरिरहँदा एमाले अध्यक्ष ओली पनि झापामै थिए। ओलीले सोमवार बिहान मात्र गौरादह नगरपालिकाको एउटा नवनिर्मित पुल उद्घाटन गरेका थिए तर आफ्नै पार्टीका केन्द्रीय सदस्यको कार्यक्रममा गएनन्।

- बीबीसीबाट 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार