२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल - भारत सम्बन्ध 

परराष्ट्र सचिवस्तरीय संयन्त्र बैठक : " बृहद साझेदारीसम्बन्धी छलफल तथा समीक्षा "

'समग्र क्षेत्र हित, आर्थिक र विकास सहयोग थप सुदृढ गर्न सहमत '

सोमवार , फाल्गुण १, २०७९


काठमाडौँ, माघ । दुई देशबीच साझेदारीको व्यापक समीक्षा हुँदै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् ।
द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित थियो ।

भारतीय विदेश सचिव क्वात्रा दुईदिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार त्यसलगत्तै उनीहरु याक एन्ड यति होटलमा द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा आइपुगेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार