२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

नेता डा. कोइरालाले भने : " नेपाल हिन्दूराष्ट्र हुनुपर्छ,जनमत सङ्ग्रहमा जाऔँ "

' आफूले नेपाल हिन्दू राष्ट्र बनाउनुपर्नेमा अठोट लिएको छु ' 

शनिवार , माघ २८, २०७९


काठमाडौँ, माघ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताएका छन ।  उनले जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताएका छन ।  

नवलपरासीको गैँडाकोट पुगेका  नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताउँदै भने, 'हिन्दू राष्ट्र  नेपालकाे पहीचान हाे यसलाइर् गुमाउनु हुँदैन ।' 

उनले भने, “जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ ।” नेता कोइरालाले सो आश्रमको स्तरोन्नतिका लागि सरकार, दातृ निकाय र भातृ निकायमा पहल गर्ने आश्वासन दिए ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार