२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ल्होसार - नयाँ वर्ष

तमु गुरुङ समुदाय  : 'आज देशभर  तमु ल्होसार  पर्व धुमधामसँग मनाउँदै'

शुक्रवार , पौष १५, २०७९


काठमाडौँ, पुस । तमु (गुरुङ) समुदायले शुक्रबार तमु ल्होसार धुमधामसँग मनाएका छन् । गुरुङ समुदायले बाघ वर्ग (तो ल्हो) लाई बिदाइ गर्दै बिरालो वर्ग(हि ल्हो)लाई स्वागत गरी ल्होसार पर्व मनाएका हुन्।
तमु समुदायले परिवार, आफन्त, साथीभाइ तथा इष्टमित्रबीच जमघट गरी मौलिक खानाका परिकार खाने र एकआपसमा शुभकामना आदानप्रदान गर्दै पुस १५ लाई ल्होसार )नयाँ वर्ष) का रूपमा मनाउँदै आएका छन्।
ल्होसार पर्वकै अवसरमा काठमाडौंको बसन्तपुर हुँदै टुँडिखेलसम्म मौलिक वेशभूषासहित चिटिक्क परेर आएका गुरुङ समुदायका युवायुवतीको जमातले बेग्लै रौनक बनाएको थियो ।

शिरमा लावा, शिरफूल, गलामा कण्ठमाला, जन्तर, लुङ्गी–चोली, पछ्यौरी, घलेकले सजिएका युवती तथा भाङ्रा, भोटो, कछाडसहित टुँडिखेलमा सहभागी युवा–युवतीले निकै रौनकताका साथ ल्होसार मनाए । 
उनीहरूले गुरुङ समुदायमा आदिमकालदेखि प्रचलित ठाडो भाका, चुट्का, कौडा, सोरठी नाचसँगै खैजडी, च्याबुङ तथा मादलको धुन सुनाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार